Monday, 29 July 2019

मेरो विचारमा साम्राज्ञी controversy



केहि दिन यता नेपाली चलचित्रकी युवा माज लोक प्रिय हिरोइन  सम्राज्ञीको बिकिनी लगएका फोटाहरु सामाजिक संजालमा भाइरल बने / त्यो बेला उनि छुट्टी मनाउन आफ्नो केटा साथी संग बालिमा थिन/ बालिमा नै भएको बेला समुन्द्री किनारमा खिचाएक फोटाहरु कारण उनले controversy को सामना गर्नु परो / धेरै facebook प्रयोग कर्ताले उनको बारेमा नकरात्मक कमेन्टहरु गरेको पनि देख्न सकिन्छ /  

यहाँ निर हामीले बुज्ने कुरा के छ भने सेलिब्रिटी पनि आम मानिस हुन् उनिहरुको पनि आफ्नो व्यक्तिगत गत जीवन हुन्छ आफ्नो ब्यक्ति गत जीवनमा उनिहरु के गर्छन के गर्दैन त्यो उनिहरुको खुसीको कुरा हो यसमा कसैले पनि असभ्य कमेन्ट गर्नु गलत कुरा हो / एउटा फ्यानको हिसाबले हामि सभ्य भाषामा सल्लाह सुझाब दिन सक्छौ त्यो सबै बाट स्वीकार्य पनि हुन्छ तर त थानाम सामाजिक संजालमा गाली गर्नु र पढ्न पनि नसकिने कमेन्ट गर्नु समझदार मानिसको गुण हुदै होइन / छुट्टी मनाउन जाने र रमाइलो गर्नेमा खालि नेपाली हिरोइन मात्र पर्दैनन् यदि हामीले बलीवुड, हल्लिवुड हेर्यौ भने त्यहाँका नायिकाहरु पनि छुट्टि मनाउन गएको र बिकिनी लागेको फोटोहरु आफ्नो सामाजिक संजाल एकाउन्ट मार्फत अपलोड गर्ने गर्छन यो सामन्य कुरा हो /

त्यही भएर कसैको बारेमा नराम्रो कमेन्ट गर्नुको साटो उहाहरु लाई सल्लाह सुझाब दिने गर्नु होस्, ठिकै छ तपाई उहाको ठुलो फ्यान हो तर तपाईलाई उहाको फोटोहरु या कुनै पनि कुरा मन परेन् भने सल्लाह सुझाब पनि त दिन सक्नु हुन्छ नि होइन र ? नकारात्मक कमेन्ट मात्र एउटा option पनि त होइन / तपाईको नकारात्मक कमेन्टको कारण कसैले कत्तिको मानशिक तनाबको सामना गर्नु पर्छ त्यसको बारेमा पनि सोच्ने कि ! मेरो सबैमा अनुरोध छ सभ्य बनौ सभ्य तरिकाले सामाजिक संजाल को प्रयोग गरौ / 










No comments:

Post a Comment

Popular Posts