प्राचिन काल बाट नै नेपाली भान्सामा आलाश को प्रयोग बिभिन्न तरिका बाट
हुदै आएको छ/ अचारमा छोप हाल्न होस् या
यसै को धुलो बनाएर आचार को रुप मा पनि आलस लाई प्रयोग गर्न सकिन्छ/ जानी जानी या
आन्जान मा नै आलसको प्रयोग गरिएता पनि यसमा बहुगुनि औषधिय गुण बारे कमैलाई मात्र
थाहा छ / आलसलाई इनग्लिश मा flax सीड भनिन्छ / आउनुहोस आज आलस का केहि महत्वपूर्ण
फाइदाका बारेमा जानकारी लिउ
१.
- आलसमा भरपुरमात्रामा पोषक तत्व पाइन्छ
केवल १ चम्चा आलसले पर्यप्त मात्रमा प्रोटिन, फाईबर, ओमेगा ३ फ्याटी
एसिडको अलाबा केहि भिटामिन र खनिज तत्व, भिटामिन B1, भिटामिन B6, magnesium, calcium
आदि प्रदान गर्न सक्छ /
- २ आलसमा प्रसस्त मात्रामा ओमेगा 3 फ्याट पाउन सकिन्छ
यदि तपाई शाहाकारी हो र तपाई माछा मासु खानु हुन्न भने ओमेगा ३
फ्याटको को लागि आलस तपाईको लागि राम्रो बिकल्प हुन् सक्छ किनकी यसमा प्रसस्त
मात्रामा ओमेगा ३ फ्याटि एसिड पाइन्छ यानिकी १ चम्चा आलसमा लगभग १५९७ mg जति ओमेगा
3 फ्याटी पाउन सकिन्छ / आलसमा प्रसस्त मात्रा मा अल्फा लिनोलेनिक एसिड पाइन्छ जो
मुटु स्वास्थ्य को लागि धेरै नै राम्रो हुन्छ भने यसले स्ट्रोक हुने खतरालाई पनि धेरै नै कम गर्न मद्त गर्दछ /
- ३. आलसमा प्रचुर मात्रामा लिग्नांस नामक तत्व पाइन्छ जसले क्यान्सर हुने खतरालाई कम गर्न मद्त गर्दछ
लिग्नांनस बनस्पति कम्पाउण्ड हो जसमा
एन्टिअक्सिडेन्ट र estrogen जस्ता गुण हुन्छन जसले क्यान्सर हुने खतरालाई कम गर्न
मद्त गर्छन/ आलसमा अरु शाहाकारी खानाको तुलनामा ८०० गुना बडी लिग्नांस हुन्छ / जो
महिला नियमित रुपमा आलस को सेवन गर्छन उनीहरु मा स्तन क्यानसर हुने खतरा अरु महिला
को तुलनामा १८ % ले कम हुन्छ / त्यसै गरि जो पुरुष नियमित रुप मा आलस को सेवन
गर्छन उनिहरुमा पनि प्रोस्टेट क्यान्सर हुने खतरा पनि कम हुन्छ भने छालाको क्यानसर
लगाएत अरु प्रकारको क्यान्सर मा पनि यसले धेरै नै फाइदा हुने गर्दछ / यसको अलावा आलसमा पाइने
लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि
नियमित बनाउन मद्दत गर्छ।
- ४. आलसमा प्रयाप्तमात्रामा dietary फाईबर पाइन्छ/
यदि तपाईखालि १ चम्चा मात्र आलस खानु हुन्छा भने
त्यसमा लगभग ३ ग्राम सम्म dietary फाइबर पाउन सक्नु हुनेछ जुन तपाईलाई दैनिक
चाहिने dietary फाइबरको ८ देखी १२ प्रतिसत हो / आलस मा २ प्रकार को dietary फाइबर
पाइन्छ सोलुबल र इनसोलुबल र यी दुवै कब्जियत बाट बच्न को लागि धेरै नै उपयोगी हुनु
को साथै मल त्यागमा पनि सहयोगी हुन्छन /
- ५. आलस कोलेस्ट्रोल नियन्त्रणमा पनि साहायक हुन्छ
आलसमा प्रसस्त मात्रामा फाइबर पाइन्छ जसले गर्दा शरीरमा बढेको
कोलेस्ट्रोल नियन्त्रण गर्न मद्त पुग्दछ साथै यस्ले मुटु स्वास्थ्य राख्न पनि मद्त
गर्दछ /
- ६. आलस उच्च रक्तचाप नियन्त्रण गर्न साहायक हुन्छ
बिभिन्न अध्यनको मुताबिक दैनिक आलस सेवन गर्नाले उच्च रक्त चाप कम
भएको पाइएको छ / जो मानिस दैनिक ३० ग्राम आलस सेवन गर्छ उसको रक्तचाप ६ महिना मा
केहि हद सम्म नियन्त्रण भएको अध्यानले देखाएको छ /
- ७. आलसमा उच्च गुणको प्रोटिन पाइन्छ /
आलसमा उच्च गुणको प्रोटिन पाइन्छ र जो मानिस शाहाकारी छन् उहाहरु को
लागि आलस शरीरमा प्रोटिन को जरुरत पुरा गर्ने राम्रो माद्यम बन्न सक्छ किनकी आलसमा
पाइने प्रोटिन र माछा मासु बाट पाइन् प्रोटिनमा एकै प्रकारको फाइदा पुग्ने बिभिन्न
अध्यनले प्रामाणित गरि सकेको छ यांनीकि माछा मासु बाट प्राप्त प्रोटिन मा जुन तत्व
पाइन्छ त्यही तत्व आलस बाट प्राप्त प्रोटिनमा पनि पाइन्छ /
- ८. आलसले चिनी रोग नियत्रणमा पनि मद्त गर्छ
आलसमा इनसोलुबल फाइबर पाइन्छ जसले रगतमा चिनीको मात्रा कम गर्न मद्त
गर्छ / मानिस जसको टाइप २ प्रकारको चिनी रोग छ उनिहरु ले दैनिक १० देखि 20 ग्राम
सम्म आलसको powder १ महिना सम्म खादा ८ देखि 20 प्रतिशत चिनी रगतमा कम भएको पाइएको
छ /
यसको अलावा पनि आलसमा अरु अनगन्ती फाइदाहरु हुन्छन् /

No comments:
Post a Comment