कोरोना भाइरस हालसालै
चीनमा देखिएको छ / रिपोर्टको मुताबिक अहिले सम्म चीनमा १२८७ भन्दा बडीमा देखिएको छ
भने ४१ जनाको यो भाइरसको कारण मृत्यु पनि भैसकेको छ भने हंगकंग, मकाउ लगायत
नेपालमा पनि एक विद्यार्थी जो चाइनावाट नेपाल आएका थिए उनमा यो भाइरस देखिएको समाचार आएको छ /
कोरोनाभाइरस
भाइरसहरुको ठुलो समुह हो/ यो सामन्य रुपमा जनवारमा पाइन्छ/ सामन्य अबस्थामा यो भाइरस जनवार बाट मानिसमा सर्दैन तर जब यो
मानिसमा सर्छ मानिसको श्वास प्रश्वास
समन्धी समस्या जस्तो की, रुगा मर्गी लाग्ने, खोकी लाग्ने, घाटी दुख्ने
टाउको दुख्ने, जरो आउने जस्ता लक्षण देखिन्छ भने जसको रोग प्रतिरोधी प्राणाली
कमजोर हुन्छ उहाहरुलाई भने धेरै जटिल खालको समस्याहरु जस्तो कि नोमोनिया हुने हुन्
सक्छ/
कोरोनाभाइरसबाट
संक्रमित व्यक्तिबाट अरुमा सजिलै सर्न सक्छ / जस्तो कि
- संक्रमित व्यक्तिले खोक्दा या हाचिउ गर्दा
- संक्रमित व्यक्तिलाई छुदा या हात मिलाउदा
- संक्रमित व्यक्तिले छोएका बस्तु छोएर हात साफा नगरी हात मुखमा हाल्दा आदि माद्यम बाट एक व्यक्ति बाट आर्को व्यक्तिमा कोरोनाभाइरस सर्न सक्छ /
कोरोनाभाइरसबाट
आफुलाई बचाउन लागी तल दिएका सावधानी अपनाउनु सकिन्छ / किनकि अहिले सम्म कोरोनाभाइरस
लाग्न नदिनको लागी प्रयोग हुने भ्याकसिन उपलब्द हुन सकेको छैन /
·
केहि
चिछ छोए पछि या खाना खानु अघि साबुन पानीलेले 20 सेकेन्ड सम्म हात धुने / सामान्य
समय भन्दा धेरै पटक साबुनले हात धुने /
·
साबुन
पानिले हात नधोई आखा, नाक , र मुख नछुने /
·
बिरामी
व्यक्ति या रुगा मर्गी लागेको, खोकी लागेको मानिस संग टाढा बस्ने आदि तरिका अपनाएर
आफुलाई बचाउन सकिन्छ भने तल दिएको सावधानी अपनाएर यदी तपाईलाई पनि सर्दी लागेको छ
भने अरुलाई बचाउन सकिन्छ /
·
यदि
तपाईलाई रुगा खोकी लागेको छ भने घरमा नै बस्नुहोस्
·
भिडभाडमा
नजानु होस्
·
खोक्दा,
हाचिउ गर्दा मुख छोप्ने गर्नु होस् /
·
आफ्नो र
वरीपरीको सफाइमा बिशेस ध्यान दिनु होस्
कोरोना भाइरसको नै
उपचार गर्न भनेर उपचार पध्दति अहिले सम्म बिकास भएको छैन तर हाम्रो शारीरलेको रोग
प्रतिरोधी क्षमतामा बृदि गरि हामीलाई यो भाइरस बाट बचाउन सक्छ / तर पनि तपाई तल
दिएका उपया अपनाएर यो भाइरसबाट संक्रमित भैहाले केहि राहत पाउन सकिन्छ/
- डाक्टर संग परामर्श गरि जरोको र दुखाइ कम गर्ने औषधि लिने
- तातो पानीले नुहाउने जसले घाटी दुखेमा र खोकिमा राहत दिन्छ
- प्रसस्त मात्रामा पानि पिउने
- घरमा नै बस्ने र पर्याप्त मात्रामा आराम गर्ने
- सामन्य खालको रुगा मर्गी लागेमा, खोकी लागेमा, घाटी दुखेमा पनि तुरुन्त नजिकैको हस्पिटल गइ उपचार गराउन उपयुक्त हुनेछ/
- नोट: यहाँ प्रस्तुत गरिएको जानकारी मैले भिबिन्न वेब साइडको माद्यमबाट तयार गरेको हो/ केहि कमी कमजोरी भएमा या कुनै जानकारी गलत भएमा तपाई नहिच्किचाहि सम्पर्क गर्न सक्नु हुने छ /

No comments:
Post a Comment