नेपालीको भान्सामा सजिलै
पाइने जुवानोले धेरै स्वास्थ्य समस्यामा राहत दिने गर्छ / आउनुहोस् आज केहि
स्वास्थ्य समस्यामा जुवानोले दिने फाइदा बारे जानकारी लिउ
१. पेट दुख्दा, अपच हुदा र एसिडीटि हुदा राहत
पेट दुख्दा जुवानो पानी नुनको साथ्मा खानाले तपाईको पेट दुख्न तत्कालै
ठिक हुन्छ / त्यसै गरि जुवानो चावाउनाले पेटमा हुने एसिडिटिको समस्या पनि कम हुने
गर्दछ / जुवानोमा सक्रिय एन्जाइम हुन्छ जसले अपचमा फाइदा गर्छ /
२ मुटु स्वास्थ्य राख्न मद्धत गर्दछ
जुवानो पानि हरेक बिहान खानाले तपाइको मुटु
स्वास्थ्य रहने हुन्छ / जुवानोमा नियासिन् र थाईमोल जस्ता तत्व पाइन्छ जसले मुटुमा
रक्त संचार सुधार गरि मुटुलाई रोग लाग्न बाट बाचाउछ /
३ तौल कम गर्छ
धेरैलाई थाहा छैन जुवानोले तौल कम गर्न मद्त गर्छ
भनेर / जुवानो खानाले यसले तपाईको शरीरबाट हानिकारक टक्सिन् बाहिर निकाल्छ जसले
गर्दा तौल काम गर्न मदत पुग्दछ / हरेक दिन जुवानो पानि खानाले तपाइँको तौल कम हुनमा
मदत पुग्दछ /
४ चिसो लागेको र जरो आएको बेलामा फाइदा गर्छ /
ज्वानोलाई बर्सौ देखि चिसोको कारणले हुने जरोको
उपचार गर्नको लागि प्रयोग गर्दै आएइको छ / यो मौसम परिवर्तनको कारणले हुने बिरामीमा
धेरै राहत दिने गर्दछ / १ चम्चा जुवानो पानिमा उमालेर खानाले चिसोको कारणले हुने
बिरामीबाट राहत दिन्छ /
५ महिनावारिको बेला हुने समस्यामा राहत दिन्छ
महिनावारीको बेलामा हुने दुखाइ, अत्याधि
रक्तश्राव, अनिमीयत माहिनावारीमा जुवानोले फाइदा गर्छ / यो समस्याबाट छुट्कार पाउन
तपाइले २ चम्चा जुवानोलाई एक रात भिजाएर बिहान जुवानोको साथ् साथै त्यो पानि पनि
खानाले यस्तो खाले समस्यामा धेरै नै राहत मिल्नेछ/
६ पाइल्समा फाइदा गर्छ
प्राकृतिक रुपमा पाइल्सको उपचार गर्नको लागि तपाई
१ चम्चा जुवानोमा थोरै सुधो नुन दुधमा मिसाएर बिहानको र बेलुकाको खाना पछी पिउनाले
तपाइँको पाइल्सको समस्यामा धेरै नै राहत महशुस गर्नु हुने छ /
७ दात दुखेको बेलामा
जुवानोले दात दुखाइ कम गर्न पनि मद्त गर्छ / १
चम्चा जति जुवानो चबाउनाले दात दुखाइ कम हुन्छ भने यसले दातलाई सडनबाट पनि बचाउछ /
ज्वानोमा धेरै नै मिनिरल्स, भिटामिन, फाइबर
पाइन्छ जुन तपाईको स्वास्थ्यलागि धेरै नै लाभदायेक हुन्छ / काचो जुवानो त्यसै
खानाले वा खानामा मसालाको रुप खानाले पनि तपाइलाई धेरै फाइदा पुग्ने गर्दछ / यो पनि पढ्नुहोस

No comments:
Post a Comment