पथरीकी रिना बस्नेत प्रकरणमा प्रदेश सरकार कानमा तेल हालेर
नबसेको एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले बताएका छन् । मुख्यमन्त्री
कार्यालयको पाक्षिक कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा बोल्दै मुख्यमन्त्री शेरधन
राईले पथरीकी रिना बस्नेत प्रकरणको सत्य तथ्य बाहिर ल्याउन प्रदेश सरकार लागि
परेको दावी गरे ।
रिना बस्नेतको शब भेटिनु अघि
उनले कस कसलाई भेटेकी थिइन् ? कहाँ गएकी थिइन ? उनको को को सँग के कुरा भएको
थियो शुक्ष्म रुपमा छानबिन भइरहेको छ ? मुख्यमन्त्रीले भने–“ बस्नेतको आर्थीक सामाजिक
पाटोबाट समेत छानबिन भइरहेको छ । छानबिन गर्न मैले नै पटक पटक प्रहरीलाई निर्देशन
दिएको छु ।” रिना
बस्नेतको शब भेटिएको प्रकरणमा गम्भिरताका साथ अनुसन्धान भइरहेको मुख्य मन्त्री
राईले दावी गरे । उनले जनताको आक्रोश मथ्थर पार्न मात्रै नभएर अनुसन्धान
प्रकृयालाई चुस्त बनाउन पथरीमा प्रहरी नायब उपरिक्षक पठाएको बताए ।
उनले डीएसपीको नेतृत्वमा छानबिन
भइरहेको छ केहि दिनमै यसको वास्तविकता जनता सामू आउने छ दावी गरे । उनले भने–“ पथरी घटनाको अनुसन्धानलाई कसैले
प्रभावित पार्न सक्दैन म त्यो हुन दिन्न । रिना बस्नेतको प्रकरणमा मैले आफैले चासो
दिएर अनुसन्धान अधिकृत प्रहरीलाई सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिएको छु ।
वास्तविकता बाहिर आँउछ ।” निर्मला हत्या प्रकरण जस्तै त
रिना बस्नेत प्रकरण गुप चुपमा त हुँदैन ? जिज्ञासामा उनले जिज्ञासामा भने
यो कदापी त्यस्तो हुँदैन । ढुक्क हुनुहोस दोषी रहेछ भने त्यो सजायको भागिदार रहन्छ
। कहिले सम्ममा सत्य तथ्य बाहिर आँउछ भन्ने जिज्ञासामा मुख्य मन्त्री राईले
अनुसन्धान भइरहेकाले अहिले नै मिति तोक्न नसक्ने बताए । जनतासँग मुख्यमन्त्री
कार्यक्रम आइतबार प्रदेशका ३० भन्दा बढि रेडियोमा बिहान सात बजे प्रसारण हुनेछ ।
साभार
साभार
No comments:
Post a Comment