बलिउड स्टार वरुण
धवन २४ अप्रीलमा आफ्नो ३२ औ जन्म दिन मनाउदै छन् / उनी चाडै आफ्नो गर्लफ्रेन्ड
नताशा दलाल संग बिबाह बन्धनमा बादिन गई रहेको खबर सुन्नमा आएको छ / खबरको
अनुसार दुवैको परिवार चाडो भन्दा चाडो यिनीहरुको बिहे भएको हेर्न चाहन्छ /
स्रोतका अनुसार वरुण
र नताशाको परिवार यो सालको नोवेम्बरमा नै बिहेको साहित निकाल्ने सोचिरहेको छ /
पहिला वरुण र नताशा साल २०२० को सुरुवातमा बिबाह बन्धन बादिने विचार गरिरहेका थिए
तर परिवारले उनिहरुको यो बिचारलाई नकारी दिएको छ र यहि साल बिहे गर्नेको लागि
जोड दिएको छ / वरुण धावनकी आमा आफ्नो छोराको बिहे धुमधाम संग गर्न चाहान्छिंन /
हाल वरुण धवन आफ्नो
अर्को फिल्म स्ट्रिट डान्सर ३ डी को शुटिगमा ब्यस्त छन् / यो फिल्म ८ नोभेम्बर
२०१९ मा रिलिज हुनेछ यसको साथ् साथै वरुण कुल्ली नम्बर १ को रिमेक पनि काम गर्दै
छन् जसमा उनको साथ सारा अलि खान पनि काम गर्दै छिन भने यस फिल्मलाई उनका पिता आफै
निर्देशन गर्दै छन् /

No comments:
Post a Comment