मोरङको पथरीशनिश्चरे नगरपालिका
पछिल्लो समय जिल्लाकै असुरक्षित क्षेत्र बन्न थालेको छ ।
तीन महिनाभित्र छैटौं हत्याको
रूपमा शनिबार रिना बस्नेतको शब नग्न अबस्थामा भेटिएपछि पथरी असुरक्षित देखिएको
हो ।
पथरीमा बजारमा बिगत ९/१० बर्ष
देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न शरिर मृत्यू
अवस्थामा मर्निङ वाक गर्नेहरुले देखी प्रहरीलाई खवर गरेका थिए ।
उनी अघिल्लो दिन पथरीमा आयोजित
कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । रुपा १३ बर्षीय छोरा साइमन संग
डेरामा बस्दै आइकी थिइन । आमा र छोरा रातको १२ बजे सम्म मोवाईल चलाउदै बसेको छोरा
साइमन बस्नेत बताउछन्।
मृतक बस्नेतको शव नग्न अवस्थामा
घोप्टो परेको र शवमा रगत पनि बगेको अवस्थामा थियो । तर, मृतकको कपडा भने उनकै कोठामा
भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ ।
उनी हिजो पथरीमा आयोजित कन्सर्ट
हेर्न गएर राती कोठा फर्किएकी थिइन् । यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा
खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए ।
प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए ।
‘आफ्नै डेरा भएको घरअघि मृत
भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसीले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान
पठाएका छौ, पोष्टमार्टमबाट
धेरै कुरा खुल्छ ।’ केसीले
जानकारी दिएका छन ।
मृतकको कोठा तेस्रो तलामा छ ।
उनका श्रीमान् वैदेशिक रोजगारीमा दुवई गएका छन् । शुक्रबार फोनमा आतिदै गफ गरेको र
बेलुकी हल्का मापसे गरेको छोराले बताएका छन् । तर पनि घटनालाई सबै ढंगबाट
सुक्ष्मरुपमा अनुसन्धान हुनुपर्ने र घटना आत्म हत्या नभएर हत्या भएको आफ्न्तले
दाबी छ ।
पथरीशनिश्चरे नगरपालिका
क्षेत्रमा इलाका प्रहरी कार्यलय पथरी, सुरक्षा बेस क्याम र सशस्त्र
प्रहरी क्याम जस्ता राज्यको ३ ओटा सुरक्षा निकाय रहेका छन् ।
गएको दुई महिनालाई हेर्ने हो
भने एक पछि अर्को गर्दै ४ ओटा सृखलाबद्ध रहस्यमय शव फेला फेला परेको छ । यस्ता
घटनाले गर्दा आम पथरी बासी त्रसित भएका छन ।
गत फागुन १६ गते पथरीकै एक
सिक्का बारबाट सोहि प्रकारको एक युवकको हत्या भएको थियो । ५ तला माथि रहेको बारमा
रमाईलो गर्न गएका युवाको बारको तल घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।
पथरी कानेपोखरी सडक नजिकैको
जंगलमा २ महिलाको रहस्यमय मृत्यू भएको थियो । २ महिनामा ४ ओटा सहस्यमय मृत्यू
भैस्दा पनि नगर प्रहरी प्रसासनबाट शान्त्ती सुरक्षाको विषयमा केहि सजक नभएर्को
स्थानीय र ब्यापारी बताउछन ।
यता बैशाख ७ गते रिना बस्नेतको
अकल्पनीय, शंकास्पद
र निन्दनीय घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण
जनाएको छ । उस्ले विज्ञप्ती जारी गर्दै रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी
दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको छ ।
जति अपराधिक घटनाहरु पथरीशनिश्चरे
वडा नं. १ मा र उक्त क्षेत्रलाई लक्षित गरी घटाईने भएकाले सो क्षेत्रमा प्रहरी
प्रसासन र स्थानीय निकायको तालमेल नभएकाले यस्ता घटना घटेको वडा नं. १ का
वडाध्यक्ष बाबुराम एङदेन बताउछन ।
शव पोष्टमार्टमका लागी धरान
स्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लगि सकेको छ ।
पछिल्लो ३ महिनामा भएका
घटनाक्रम अनुसार सो क्षेत्रमा भएका आपराधिक घटनाहरु जिल्लाको सबैभन्दा बढी देखिएको
छ । पछिल्ला घटनाक्रमले सो क्षेत्र सबैभन्दा असुरक्षित मानिएको छ ।
रिनाको हत्यारा पत्ता लगाइ
अपराधीलाइ कारबाही गर्न माग गर्दै पथरीबासीले संघर्ष समिति गठन गरेर आन्दोलन
थालेका छन् ।
पथरीमा बढेको बढ्यै छन् अपराध
घटना १ : पथरी शनिश्चरेमा रमा
बरालको हत्या भयो । हत्यापछि सिंगो नगरमा सन्त्रास फैलियो । यो घटनाको अनुसन्धानमा
प्रहरी पुर्णत असफल भयो । यो घटना पछि प्रहरीप्रति जनबिश्वास समेत घटदै गयो ।
घटन २ : पथरीशनिश्चरेमा अबस्थित
सिरिजंगा वनमा २ पटक २ जनाको हत्या भईसकेको छ । घटनामा प्रहरीले अनुसन्धान गरेपनि
प्रहरीको अनुसन्धान फितलो नै देखियो ।
घटना ३ : पथरीशनिश्चरेको
जिरिखिम्तिमा झापाकी महिलाको हत्या गरी शव फालिएको अबस्थामा फेला पर्यो । सोही
घटनामा पनि प्रहरीको अनुसन्धान फितलो मात्र देखिएन, प्रहरी आलोचित पनि बन्यो
घटना ४ : पथरी शनिश्चरेमा
खुलेको सिक्का बारमा एक युवाको हत्या भयो । सोही घटनालाई लिएर उनका परिवार अझै
आन्दोलित छन । त्यस घटनामा प्रहरी मात्र नभएर जनप्रतिनिधि समेत आलोचित बनेका छन् ।
घटना ५ : पथरीशनिश्चरे १ मा
कस्मेटिक पसल सञ्चालन गर्ने रिना बस्नेत को नग्न अबस्थामा शनिबार बिहान शव भेटियो
। यो घटनामा पनि प्रहरी चुकेको नै देखियो । त्यसैले घटनाको तीन चार दिन बितिसक्दा
पनि प्रहरीले अपाराधी पत्ता लगाइ कारबाही थाल्न सकेको छैन ।
यी सबै घटनामा प्रहरी पुर्णत
असफल देखिएको छ । कुनैपनि घटनाक्रममा पथरी प्रहरीले उल्लेख्य अनुसन्धान गर्न
नसकेको स्थानीयको आरोप छ । सिक्का बारमा भएको घटनामा पनि प्रहरी धेरै आलोचित बनेको थियो ।
रिना बस्नेतको कसले र किन हत्या गर्यो भन्ने खुलेको छैन ।
गलत क्रियाकलाप, गुण्डागर्दी लगायत खराब कामलाई
पश्रय दिएको आरोप लाग्ने गरेका पथरी प्रहरी प्रमुख कमल बजगाईं पटक पटक चुक्ने गरेका छन । पछिल्लो
घटनाक्रममा समेत राति ११ बजेसम्म कन्सर्ट आयोजना गर्न दिनु र बिहान बिच बजारमा शव
लड्दा समेत केही थाहा नहुनुले प्रहरीको लाचारीपन प्रष्टयाएको छ । यस बिषयमा
बजगाईले प्रतिक्रिया दिएका छैनन् ।
साभार
साभार

No comments:
Post a Comment