नेपालको भाबी प्रधानमन्त्री
२०७३ साउन १० गते प्रधानमन्त्रि के पीले ओली राजिनामा दिए संगै फेरी नेपालमा नया प्रधानमन्त्री को बन्ने भन्ने बारे बहश सुरु भइ सकेको छ भने राष्ट्रपति तथा उपराष्ट्रपतिबाट सहमतीय सरकार बनाउन आह्वान पनि गरि सक्नु भएको भए पनि कांग्रेश र माओवादीको समझधारीमा फेरी पनि दुइ पार्टी मिलि गठबन्धन सरकार बन्ने निश्चित प्राय छ /
अहिलेको परिवेशमा नेपालको भाबी प्रधानमन्त्रिको रुपमा अहिले सम्म प्रचण्डलाइ नै हेरिएको छ / हुन त प्रचण्डले २०६५ सालमा पनि प्रधानमन्त्रि पद सम्हाली सकेका मान्छे हुन तर त्यस बेलाको उनको शाषनकाल त्यति सुखद भने रहेन र उनको र तत्कालीन शेना चिफ रुक्माङ्गद कटुवाल संगको विवादले गर्दा अन्ततः उनले शाषन समालेको ९ महिनामा नै सत्ताबाट राजीनामा दिनु पर्यो / तर जति बेला उनि प्रधान मन्त्रि भए त्यति बेला देशका धेरै जनता उनको पक्षमा थिए, जनता परिबर्तनको पक्षमा थिए र धेरै नेपालीका आशाका केन्द्रको रुपमा प्रचण्डलाइ हेरिएको थियो तर विडम्बना उनि जनताको आशामा खरो उत्रिन सकेनन /
१७००० नेपालीको ज्यान जाने गरि भएको नेपालको १० बर्षे लामो जन युद्ध सम्हाली सकेका प्रचण्डको जन्म सन् १९५४ Dec. ११ मा भएको थियो/ शान्ति प्रक्रियाको बहाली संगै मावोबादी पार्टी पनि सबिधानिक पृष्ठभुमि आएर चुनाब लडेको थियो भने पहिलो चुनाबबाट अधिक सफलता पनि प्राप्त गरेको थियो जसमा पहिलो सम्बिधान सभाको चुनाबमा प्रतक्ष्यतर्फ मावोबादीले १२६ सिट प्राप्त गरेको / जसमा प्रचण्डले काठमाण्डौ क्षेत्र न. १० बाट र रोल्पा क्षेत्र न. २ बाट भारि मतले विजय भएक थिए भने दोस्रो सबिन्धन सभाको निर्वाचनमा माओबादीले प्रतक्ष्य तर्फ खाली २६ सिट प्राप्त गरेको थियो भने प्रचण्डको काठमाण्डौ क्षेत्र न. १० बाट लज्जास्पद हार भएको थियो /
बोलिको भर नहुने र छिटोमा निर्यण गरेर फुर्षदमा पछुताउने नेताको रुपमा पनि पछिल्लो समय प्रचण्डको परिचय बन्दै गएको थियो त्यसको प्रतक्ष्य प्रमाणको रुपमा तत्कलिन बरिष्ठ नेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाई दिने आश्वासन सहित हातमा लिने र पछि बदलिनु अनि सरकारबाट राजीनामा दिने बित्तिकै इंडियाको सिमानामा गइ इंडियाको झन्डा जलाउनलाई लिन सकिन्छ /
नेपालमा सविधान आउनुमा प्रचण्डले लगाएत तत्कालिन नेताहरुले खेलेको भूमिका सह्रानीय छ / त्यस समयमा यदि नेताहरुले खुट्टा कमाउथे भने आज सम्म पनि नेपाल सम्बिधान बिहिन नै हुने थियो / जे जसरि प्रचण्डलाई प्रधानमन्त्रि हुने मौका मिले पनि देशको बिपरित काम नगरुन, आफ्नो र पार्टीको स्वार्थ भन्दा माथि उठेर काम गर्न सकुन, देश जनतालाई जन युद्दमा देखाइएका सपनाहरु पुरा गर्न सकुन र माओवादी प्रति जनताको गिर्दो विश्वलाईलाई पुनः हाशिल गर्न सकुन हामी जनताको तर्फाबाट अग्रिम शुभकामना छ /
No comments:
Post a Comment