खजुरको फाइदा,
खजुरलाई मध्यपुर्बको मुख्य खानको रुपमा लिइन्छ / यसको उत्पति ६००० BCE तिर भएको अनुमान छ / खजुर एक प्रकारको स्वादिलो फल हो बिशेष गरि मध्ये पुर्बीमा पाइन्छ तर १७६७ देखि ब्यापारी द्वारा अफ्रीका, स्पने, अमेरिका पुर्याइएको पाइन्छ /
आउनुहोस यहि पुरानो फल खजुरको फाइदा बारे आज चर्चा गरौ:
- खजुरको सेवनबाट पाचन क्रिया ठिक हुन्छ किनकि येस्मा घुल्ने र नघुल्ने फाइबर प्रचुर मात्रमा पाइन्छ साथै येस्मा अमिनो एसिड पनि पाइन्छ / खजुरको राति पनिमा भिजाएर बिहान पानी सहित खानाले पाचन क्रियामा सुधार आउदै जान्छ /
- खजुरमा पोटाशियम प्रचुर मात्र पाइन्छ र यस्मा सोडियमको मात्र पनि कम हुने हुनाले शरीरको स्नायु प्रणालीको लागि एकदम लाभकारी हुन्छ, साथै पोटाशियम स्ट्रोक हुने खतरा पनि कम गर्छ / खजुरले शरीरमा हुने नराम्रो कोलेस्ट्रोलको मात्र कम गरि मुटुलाई स्वास्थ्य राख्छ /
- खजुरमा शरीरलाई शक्ति प्रधान गर्ने क्षमता हुन्छ / यस्मा प्राकृतिक ग्लुकोज, सुक्रोज, र फ्रुकटोज पाइन्छ / खजुरको सबै भन्दा बढि फाइदा दुध संग खादा हुन्छ /
- खजुर खानाले शारिरमा रगतको कमिबाट हुने रोग अमिनियाबाट पनि बच्न सकिन्छ यसको साथै येस्मा पाइने फ्लोरिनको कारणले दातको क्षय पनि कम हुन्छ /
- यौन क्षमता बढाउन खजुरको महत्वपूर्ण भूमिका हुन्छ / खजुर को राति बाख्राको दुधमा भिजाएर बिहान पिसेर मह, अलैची, मिसाएर खानाले यौन सम्बन्धि धेरै समस्यामा छुटकारा मिल्छ /
- खजुरको सेवन गरि दुब्लो मानिसले आफ्नो वजन पनि बढाउन सक्छ/ यसको उपयोगले मदिरा सेवनबाट शरीरमा हुने नोक्शानको कम गर्न पनि गरिन्छ /
- खजुरबाट पेटको क्यान्सर पनि ठिक हुन्छ / यसबाट कुनै साइड इफेक्ट हुदैन / खजुरको प्रयोगले आखाको रोशनी बढाउन पनि मद्धत गर्छ र यसबाट रतन्धोमा पनि छुटकारा मिल्छ /
- चिनीको रोगिहरु खजुरको उपयोगबाट चिनीको मात्र शरीरमा कम गर्न सक्छन / खजुर र मह मिलाएर सेवन गर्नाले पखाला लाग्दा धेरै फाइदा हुन्छ /
- खजुरको प्रयोगबाट निराशा कम गर्न सकिन्छ / खजुर गर्भवती महिलाको लागि पनि लाभकारी हुन्छ किनकि यस्ले पाठेघरको भित्ताको मजबुत बनाउन सहायता प्रधान गर्छ र बच्चा जन्मिदा हुने रक्तश्राब पनि कम गर्नमा मद्धत गर्छ /
- राति सुतेको बेला पिशाब गर्ने बच्चाको लागि पनि खजुर लाभकारी हुन्छ साथै पटक पटक पिशाब फेर्न जानु पर्नेका लागि पनि यो लाभकारी हुन्छ /
यसको साथै खजुरमा प्रशस्त मात्रमा प्रोटिन , भिटामीन बि१,बि२,बि३,बि५,ए१ र सी पाइन्छ /
No comments:
Post a Comment