अविश्वासको प्रस्ताब,
एमालेको सरकारले अविश्वासको प्रस्ताब सामना गरेको यो पहिलो घटना होइन किनकि २०५२ मोहनमन अधिकार प्रधानमन्त्री हुँदा पनि यिनै देउवाबाट अविश्वासको प्रताब दर्ता गरिएको थियो जसमा पक्षमा १०७ मत परेको थियो भने बिपक्षमा ८८ मत परेको थियो / त्यो बेलाको एमालेको सरकारले धेरै राम्रा कामहरुको शुरुवात गरेको थियो जस्तो कि आफ्नो गाउ आफै बनाऊ, वृद् भत्ताको शुरुवात पनि महोनमनको सरकारबाट नै सुरु भएको हो / सबै भन्दा महत्वपूर्ण अरुण तेस्रो जलबिधुत आयोजनाको शुरुवात भएको थियो जुन पछि आएर रद्ध गरियो / २०५२ को अविश्वास को प्रस्ताब संसदमा पास भए पछि शेरबहादुर देउवा प्रधान मन्त्रि भएका थिए /
२०५३ पौषमा फेरी एमालेबाट देउवा सरकार बिरुद्ध अविश्वासकोको प्रस्ताब दर्ता गरीयो तर त्यति बेला संसदबाट अविश्वासको प्रस्ताब पास हुन सकेन र देउवाको प्रधान मन्त्रिको पद जोगिएको थियो / येसो हुनुमा देउवाको चलाखी थियो भनेर पनि बिभिन्न समाचार मध्यम बाट समचार प्रकाशित भएका थिए /
२०५४ साल मा पनि लोकेन्द्रबहादुर चन्दले पनि अविश्वासको प्रस्ताबको सामना गरेका थिए जसमा अविश्वासको प्रस्ताब कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले दर्ता गराएका थिए भने उक्त प्रस्ताब पनि संसदमा बहुमत बाट पारित भएको थियो /
अब फेरी एमालेले अविश्वासको प्रस्ताब सामना गरेको लगभग २१ बर्ष पछि फेरी पनि अविश्वासको प्रस्ताब सामना गर्दै छ र विडम्बना के छ भने जसले २१ बर्ष पहिले अविश्वास प्रस्ताब दर्ता गरायो उसैले फेरी पनि अविश्वासको प्रस्ताब दर्ता गराएको छ / सबिधान बन्यो देश अरबौ रुपया खर्च भयो तर सरकार गिराउन प्रयोग गरिने हतियार परिबर्तन भएन / राम्रो काम गर्दा गर्दै जनता को साथ् हुदाहुदै भोलि एमालेको सरकारको बिरुद्ध अविश्वासको प्रस्ताब पास हुने छ येस्मा दुइमत छैन किनकि देशको समृदि चाहेन भन्दा पार्टीको आफ्नो स्वार्थ चाहने नेपाली नेताको जमात ठुलो छ /
उपप्रधान तथा रक्षा मन्त्रि भिम रावलको कुरालाई विश्वास गर्ने र त्यो कुरामा सत्यता छ भने अहिलेको बन्न लागि रहेको गठबन्दन र सरकार गिराउने खेल देशको लागि राष्ट्रघाती र दुर्भाग्य पूर्ण छ किनकि उनका अनुसार सरकार गिराउन सम्झौता दिल्ली मा भएको र अहिले सरकार गिराउन भइरहेका क्रियाकल दिल्ली बाट निर्देशित छ भनेका छन् /
जे जस्तो राजनीतिक बास्तबिकता भए पनि छोटो समय सरकार बन्नु र गिराउनुले देशको प्रगति पक्कै पनि गर्दैन एसको बारे गम्भीरताका साथ् नेपाली नेताले स्वार्थ भन्दा माथि उठेर सोच्ने बेला आएको छ /
No comments:
Post a Comment