Facebook मा जो देखे
आज Facebook आदित्य दाहाललाई सरकारले दिएको एक करोड अनुदानको बिरोधमा धेरै Facebook प्रयोग कर्ताले आफ्नो समय खर्चेको पाए/ हुनत केहि दिन पहिले उपचार क्रममा अमेरिका जादा पनि उपचारको सम्पुर्ण खर्च सरकारले नै गरेको थियो यति सहयोग गरे पछि फेरी पनि येत्रो रकम अनुदान दिनु पर्ने जरुरि थिएँन किन कि नेपालको परिवेशमा लाखौ बच्चा गरिबीको कारणले स्कुल पनि जना पाई रहेका छैन भने कयौं दुर्गमका मानिसहरु परासिटामोल सम्म नसिब नहुने हाम्रो देशमा एउटा बालकलाई येत्रो रकम दिनाले अरु गरिब जनता माथि अन्यया हुन जान्छ /
नेपालको जम्मा जनसंख्याको २५.२ प्रतिशत जनसंख्या अझै पनि राष्ट्रिय गरिबी रेखाको मुनि छन्/ दुर्गम जिल्लाहरुमा धेरै बालबालिका कुपोषण बाट ग्रसित छन् सरकारको ध्यान यता तिर पनि जना जरुरि छ / बोल्नेको पिठो पनि बिक्छ न बोल्नेको चामल पनि बिक्दैन भन्ने उखान जस्तै नेपालमा सरकारले अहिले गरेको यो निर्यण गलत छ / विभिन्न समाचार माद्यमले जनाए अनुसार आदित्यका पिता पनि सरकारी जागिरे हुन् त्यसो हो भने उनि गरिबीको त्यो सीमालाई महशुस गर्दैनन् / तुहिनमा झुण्डिएर दिनै कयौ बालबालिका आफ्नो जिन्दगि जोखिममा हाली रहेका छन् त्यता तिर सरकारको ध्यान कहिले जाला ? सरकारले एकललाई फाइदा हुने काम भन्दा सामुहिकरुपमा फाइदा हुने काम तिर लगानी बढाउन जरुरि छ /
प्रचार प्रसार र हल्लाको पछि लागेर निर्यण गर्नुको सटा बास्तबिकता बुझेर सामुहिक फाइदामा सरकारले आफ्नो लगानी बढाउने र एस्तो सस्तो लोकप्रियताको पछी नलागी जनहितकारी काम जनताले मुस्किलले कमाएर सरकारलाई तिरेको करको पैसा सदुपयोग भएमा जनता पनि खुसि हुने थिए र सरकारले पनि तारिफ पाउने थियो अनि त्यसबाट धेरै जना लाभान्वित पनि हुने थिए/
No comments:
Post a Comment