त्यो फोन कल
बिहान झिसमिसे उज्यालो भएको थियो असारको महिना भएकोले बाहिर झरी परि रहेको थियो / मलाई झरी परेको बेलामा भिजन भन्दा पनि झरी परेको र पानिको थोपाहरु रुख, झारका पत्तामा ठोकिएर आउने संगीतले मन र मस्तिष्कलाइ सारै आनन्द दिन्छ/ स्यार गरेको आवाज त आउछ नै ति माथि मेरो झ्यालको ठ्याकै अगाडी अलकति कर्कौलाको झाडी थियो परेको पानिको टप टप आवाज प्रस्टै सुन्न सक्थे म, आकाश बाट परेको पनि कर्कलाको पातमा एक कटुरा जाति जम्मा हुन्थ्यो अनि जमिनमा खस्थ्यो मानौ त्यहाँ पहिले एक थोपा पनि पानि नै थिएन जसो गरि सायेद यहि भएर होला मानिसहरु भन्ने गर्थे मानिसको जीवन कर्कलाको पानि जस्तो जमिनमा खसे पछी न अस्तित्व रहेन न रहनुको छाप नै /
मलाई पानि परेको बेला बाहिर हेर्दै कल्पना गर्न सारै रमाइलो लाग्छ / बिज्ञान पढाउने सरले भन्ने गर्नु हुन्थ्यो समुन्द्रको पानि सुर्यको तापको कारणले तातेर बाफ भनेर आकाशमा गइ बादल भन्छ अनि धेरै बादलहरु जम्मा भए पछी यसको तौल बढ्छ र हावा संगै उडेर हाम्रो पहाडी क्षेत्रमा भएका अग्ला पहाड संग ठोकिएर बर्षा हुन्छ / मलाई पनि सानो हुदा खुब रहर लाग्थ्यो बादल भएर उड्ने, जमिनमा सुतेर घन्टौ सम्म बादल हेर्थे अनि कलपना गर्थे त्यो बादल किन निलो भएको होला ? कहिले काँही त हेर्दा हेर्दै मलाई बादलमा नै आफ्नो घर जस्तो आकृति पनि देख्थे भने कहिले ठुला ठुला पहाड/
म कर्कलाकोपातमा ठोकिने पनि थोपा र त्यसबाट उत्पन्न हुने संगीतमा मग्न थिए मेरो ध्यानलाइ भग्न गर्दै मलाई फोनवाला दाइले बोलाउनु भयो र भन्नु भयो "आशिष तेरो फोन आएको छ /" आज भन्दा १५/१६ वर्ष अगाडी हाम्रो गाउमा कसैकोमा फोन थिएँन / फोन भएको एउटै मात्र घर थियो त्यो पनि ३ किलोमिटरबाट तार तानेर ल्याउनु भएको थियो / म छक्क परे मलाई कसले फोन गर्न सक्छ र ? भएका सबै साथीहरु गाउ छोडेर काँही गएका थिएनन आफन्तको म संग केहि काम पर्दैन थियो फेरी पनि दाईले भन्नु भएको हुनाले दोबिदा पर्दै भए पनि फोन भएको घर सम्म पुगे / एकछिनमा फोन आयो अनि फोनवाला दाई तिम्रो फोन भाइ भन्दै दिनु भयो एकछिन त म अक्क न भक्क भए कसले गर्यो होला मलाई फोन भनेर ? उता बाट छोरीमान्छेको आवाज बाट हेल्लो भनेको सुने मैले पनि प्रति उतारमा हेल्लो नै फर्काए/ फेरी एकछिन को सन्नाटा पछी उतै बाट आवाज आयो ' मलाई चिन्नु भयो ?' मैले चिन्ने कुरै थिएन किनकि सधै सुनी रहेको आवाज त्यो थिएँन तर आवाज सारै रसिलो थियो / मैले उतरमा नचिनेको जानकारी दिए / 'म क्या भूमिका अझै चिन्नु भएन ? म पनि तपाई कै कलेजमा पढ्छु अहिले ११ मा हो / ' उनले एती परिचय दिदा पनि मैले ठम्याउन सकिन कलेजमा देखे जति सबै केटिलाई सम्झिए मेरो दिमाग १००० किलोमिटर प्रति घण्टाको दर दिमागमा स्कान गरो तर पनि मेरो मानसपटलमा भुमिका नाम गरेको कुनै फोटो आउन सकेन / फेरी उतै बाट आवाज आयो' तपाई संग एउटा कुरा गर्नु थियो र फोन गरेकी ' मैले सोधे के कुरा हो भन्नु न , ' म तपाईलाइ सारै मन पराउछु, कलेज पढुन्जेल भन्ने हिम्मत कहिलै आएन सामुन्ने हुदा बोल्न गारो हुदो रहेछ त्यही भएर फोनबाट भनेकी ' यति भनेर फोने काटियो /
म भर्खरै १२ को परीक्षा सकेर घर मा बसेको थिए / म अलिक अन्तर्मुखी स्वभाबको कारणले गर्दा मेरो साथीहरु पनि सिमित छन् केटि साथीहरु त छैनन् नै भन्दा हुन्छ यतै गाउ बाट जाने र चिनेका साथिहरु मात्र, तर यो फोनले भने मेरो पुरै टाउको घुमाई दिएको थियो आखिरी को थियो त भूमिका नाम गरेको केटि ? कहिले काँही त लाग्थ्यो कुनै मेरै साथीले मलाई नै बकुफ बनाइ रहेको छ फेरी फोनमा आफै बोले पछी त्यसमा पनि विश्वास घट्दै जान्थ्यो/ हामी संग जाने जति सबै साथी लाइ बिभिन्न बहाना बनाएर भूमिकाको खोजि सारै धेरै गरे तर कहिले कसैले पनि भूमिका नाम गरेको उनिहरुको साथी भएको कुरा गरेनन अनि मेरो पनि कलेज शुरु हुनु भन्दा अगाडी नै काठमाण्डौ जाने र उतै पढ्ने योजना बन्यो त्यही भएर यो नेपथ्यमा शुरु भएको हाम्रो एकल प्रेम कथा नेपथ्यमा नै सकियो/ अहिले सम्म पनि म कलेज कोहि साथी भेट्दा भूमिकाको बारेमा सोध्ने गर्छु मलाई खाली एकचोटी उनको अनुहार हेर्नु छ खाली उनलाई एकचोटी देख्नु छ खाली एकचोटी बोल्नु छ अनि उनले नि अन्कुराएको प्रेम उनको सामो पोख्नु छ/
No comments:
Post a Comment