Friday, 22 September 2017

विदेशबाट नेपाल फर्कदा के मा भन्सार लाग्छ के मा लाग्दैन ?


दशैँ नजिकिए संगै वैदेशिक रोजगारीबाट बिदामा घर फर्कने परदेशीको संख्या बढेको छ / परदेशमा दु:ख गरेर कमाएको पैसाले घर फर्किदा ल्याउने सामानको भन्सार नियम थाहा नपाउदा कतिपयको समान नै जफतमा पर्ने गरेको छ / तोके भन्दा बढि सामान ल्याएमा भन्सार कार्यलयले जफत गरिने जनाएको छ /

विदेशबाट आउने यात्रुले काँचो सुन र चाँदी ल्याउन पाइदैन / ५० ग्राम तौल भएका सुनका गहना र ५ सय ग्रामसम्मका चाँदीका गहना मात्रै महशुल नबुझाई ल्याउन पाइन्छ/ यस्तै मदिराजन्य बस्तु एक लिटर मात्र ल्याउन पाइन्छ /   भन्सार नियममा तोकिएको भन्दा फाल्टो सामान ल्याएमा जफत गर्न सक्नेछ/

यी सामानमा कुनै कर/ शुल्क बुझाउनु पर्दैन 


  • आफुले प्रयोग गरीरहेका लुगफटाहरु, बर बिछ्यौना, घर गृहस्थीक पुराना समान, बिरामीले ल्याएका औषाधी /
  • सुनको गहना पचास ग्रामसम्म (तर काँचो सुन पाइदैन), चाँदीको गहना पाँचसय ग्रामसम्म (तर काँचो चांदी पाइदैन ),एक लाख रुपया मुल्य सम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया (तर काँचो सुन, चाँदी पाइदैन)/
  • ट्याबलेट वा ल्यापटोप कम्प्युटर एक थान, घडी एक थान, क्यामरा एक थान, भिडियो क्यामरा एक थान, सेलुलर  मोबाइल फोन एक थान, पेन ड्राइभ एक थान, बच्चा राख्ने पेराम्बुलेटर एक थान, ट्राइसाइकल एक थान, पेशागत यात्रुको सामन्य प्रकारका सामान एक थान, सात किलो सम्म खाद्य परिकार, मदिरा एक लिटर सम्मको एक बोतल/
  • बैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरि आउनेको हकमा ३२ इन्च सम्मको जुन सुकै ब्राण्डको टेलिभिजन एक थान /

यी सामान एकमुस्ठ चालिस प्रतिशत महशुल बुझाएर ल्याउन पाइन्छ 

  • म्युजिक सिस्टम एक सेट, रेफ्रिजरेटर एक थान, वासिंग मेशिन एक थान, पंखा एक थान, रेडियो एक थान, लुगाफाटा, जुत्ता, कस्मेटिक आधि बढिमा पन्ध्र थान, घरायसी प्रयोगक सामान्य किसिमका उपकरण (जस्तै  मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यास टेबुल, इस्त्री, राइस कुकर जस्ता ) दुइ/दुइ थान/
  • दश किलोग्राम सम्म खाद्य परिकार, ब्यबसायिक पेशाक डाक्टर, इन्जिनियर जस्ता यात्रुको दक्षता बृदिको लागि आबश्यक पर्ने सामान दुइ / दुइ थाना, माथि लेखिएका बाहेक नितान्त घर ब्यबाहारमा आबश्यक पर्ने सामान बढिमा दुइ/दुइ थान/
  • चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म/ साइज अनुसार प्रति इन्चका आधारमा महसुल बुझाई ल्याउन पाउने टेलिभिजन एक थान/
  • (माथि खण्ड (क) मा उल्लेख भए अनुसार महसुल छुट सुबिधामा बत्तीस इन्च सम्म को टेलिभिजन ल्याएमा पु:न यस खण्ड बमोजिम अर्को टेलिभिजन महसुल बुझाउने गरि ल्याउन पाइदैन )
  • (ग) माथि खण्ड (क) र (ख) मा उल्लेख भएभन्दा बढि संख्यामा त्यस्ता समान ल्याएमा वा ती खण्डहरु मा उल्लेख नभएका अन्य सामान साथमा ल्याएमा त्यस्तो सामान भन्सार अधिकृतले जफत गर्न सक्नेछन / 
उज्यालो अनलाइनबाट साभार 



















No comments:

Post a Comment

Popular Posts