केरा खानाले
स्वास्थ्यमा पार्ने फाइदाहरु
केरा हामी सबैले
जानेको र थाहा पाएको फल हो / विश्वको हरेक ठाउँमा केरा उपलब्ध हुन्छ / धेरै
बैज्ञानिकहरुले केरालाई सबै भन्दा पुरानो फलको रुप पनि ब्यक्त गरेका छन् /
केराले स्वास्थ्यमा
पार्ने फाइदाहरु यस प्रकार छन् :
१.
उच्च
रक्तचाप: खानामा सोडियमको मात्रालाई कम गरि उच्च रक्तचाप कम गर्न सकिन्छ/ पोटाशियमकोमात्र
खानामा बढाएर उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ किनकि पोटाशियमले नशा फराकिलो
बनाएर रक्त संचारलाई सजिलो बनाउन मद्त गर्छ/
२.
दम:
लण्डनको इमेरिअल कलेजले गरेको एक अध्यन अनुशार बच्चा जो दिनै एउटा केरा खान्छन भने
उनिहरुमा ३४ प्रतिशत कम दम हुने खतरा हुन्छ /
३.
क्यान्सर:
केरामा प्रचुर मात्रमा फाइबर पाइने हुनाले यस्ले मलाशयमा हुने क्यान्सर कम गर्छ /
४.
मुटुको
स्वास्थ्यको लागि: केरामा फाइबर, भिटामिन सी र B6 पाइन्छ , यी सबै चिजहरुले मुटुलाई
स्वास्थ्य रहन सहयोग गर्छन / खानामा पोटाशियममात्र प्रशस्त मात्र रहेमा यस्ले
स्ट्रोक हुने खतरा कम गर्छ साथै यस्ले हड्डीमा रहेको खनिजको संरक्षण गरि मृगौलामा
पत्थरी बन्नमा रोक्छ या बन्ने प्रक्रियामा कम गर्छ/
५.
मधुमेह
: अध्यनको मुताबिक केराले रगतमा हुने चिनीको मात्र कम गरि र इन्सुलिन तहमा सुधार
ल्याएर चिनी रोगि बिरामीलै पनि चिनीरोगबाट केहि मात्रामा बच्न सहयोग गर्छ/
६.
झाडापखालामा फाइदा: नरम खान जस्तो कि स्याउ,
केरा झाडापखालाको उपचारको लागि उपयुक्त हुन्छन/ झाडापखाला लागेको बेलामा इलेक्ट्रोलाइट जस्तो कि पोटाशियम शरीरमा कम भएको हुन्छ जसले गर्दा मानिसले कमजोर महशुष गर्न सक्छ यस्तो
बेलामा केराले शरीरमा पोटाशियमको मात्रलाई पूरा गर्न पनि मद्त गर्छ /
No comments:
Post a Comment