Saturday, 16 July 2016

नेपाली राजनीति


नेपाली राजनीति 

नेपाली राजनीतिमा अहिले  गरमागरम  छाहेको छ / एमाले र  मावोबादी मिलेर ९ महिने पहिले गठबन्धनमा सरकार बनाएका थिए तर अहिले आपसी असहमतिको कारणले  गर्दा मावोबादीले सरकारबाट यहि मंगलबार बाट आफ्नो समर्थन फिर्ता लिएको छ / त्यही भएर नया सरकार  बनाउने दौड धुप सुरु भै सक्या छ / समाचार अनुसार मावोबादी र कांग्रेश मिलेर सरकार बनाउने र पहिलो ९ महिना माओबादी  अध्क्षय प्रचण्ड प्रधानमन्त्रि हुने र त्यस पछि कांग्रेशका अधक्ष्य देउवा प्रधानमन्त्रि हुने समझधारी भएको कुरा विभिन्न संचार माध्यम बाट बाहिर आइ रहेका छन् / 

ओली सरकारले धेरै राम्रा कामको शुरुवात गरेको थियो  जस्तोको चिनसंग परवहान सन्धि/ फास्ट ट्रैक रोड स्वदेशीबाट नै बनाउने , मेट्रो रेल काठमाण्डौमा चलाउने , चिनबाट रेल लुम्बिनी सम्म पुर्याउने, तुहिन २ वर्ष सम्ममा बिस्थाबित गर्ने, जस्ता र जनहितकारी  बजेट पनि ल्याएको थियो तर विडम्बना मावोबादीको धोका र  ब्यबारले गर्दा मुलुक फेरी पनि पछि धकेलिने निषित प्राय भएको छ / 

देशले राम्रो र निस्वार्थ नेता नपाउदा नेपाली जनताले सधै नै दुख पाइरहेका छन् / सधै बिदेशी दलालको गोटी बन्ने नेपाली नेताको प्रविती नै छ विशेषत इंडियाको इच्छा अनुसार सरकारले काम गर्न सकेन भने या दिल्लीले चाहे जस्तो नेपाली नेताले गरेनन भने यो सरकार बनाउने र गिराउने काम भै नै रहन्छ/ नेपालको विकास र समृधि इंडियाले कहिले चाहदैन भन्ने कुरा आम मानिसमा एउटा ओपन सेक्रेट जतिकै छर्लङ्ग छ/ अनि हाम्रा स्वार्थी नेता हरु ३ करोड नेपालीको भावना संग खेल बाड गरेर नेपालीको भविस्य माथि जहिले नै खेलबाड गरि रहन्छन / 

बिशेषत इंडियाले नेपालमा चीनको उपस्थितीलाई स्वीकार गर्दैन, यो उसको इगोको बिषय र सुरक्षाको बिषय संग जोडेर हेर्ने गर्छ तर बास्तबिकता इंडिया भन्दा चीन बिकाशको दृस्टी कोण बाट पनि धेरै अगाडी छ, उ जहिले पनि नेपालको बिकाश चाहन्छ किन कि  उ नेपालको मध्यमबाट दक्षिण एशियामा व्यपार बढाउन चाहन्छ/ नेपालमा स्थाई राजनीति भयो र देशले बिकाश गर्यो भने चीनले नेपालको सडकको प्रयोग गरेर कम समय र कम पैसामा आफ्नो समानलाई साउथ एशिया तिर पुर्याउन सक्छ/ 

नेपालको अहिले सरकार परिबर्तनलाइ पनि इंडियाको नै हात रहेको रुपमा हेरिएको छ / सरकार परिवर्तनको हल्ला संगै नेपालका लागि इन्डियन राजदूत रंजित रे ले  डीनर पार्टीको आयोजना गरेका थिए भन्ने समाचार पनि केहि समय अघि बाहिर आएको थियो,  त्यो डीनर पार्टीमा  माओवादी पार्टीक केहि नेता, कांग्रेशक नेताहरु र मदेशी दलका नेताहरुको पनि सहभागिता रहेको समाचार बाहिर आएको थियो/ 


















No comments:

Post a Comment

Popular Posts