सन्ध्याकालिन समय थियो म इटहरी बाट घर तिर आउदै थिए दिवा सेवा बसहरुको मात्रा पनि निक्कै कम भै सकेको थियो सडक भरि काठमाडौँ जनालाई हिडेका गाडीहरु मात्र देखिन्थे / केहि दिन देखि झरी परि रहेको हुनाले खोलाहरुको नजिकबाट पार हुदा खोला सुसाएको प्रस्ट संग सुन्न सकिन्थ्यो /
सांझ परि सकेको हुनाले मैले पनि मेरो मोटरसाइकलको हेड़लाईट बालि सकेको थिए त्यही लाईटले खोलाको पुलमा उभिएको कुनै मान्छे जस्तो आकृतिलाई प्रतिबिमित गरो सांझको समय खोलामा एक्लै कता कता डर पनि लागिरहेको थियो तर जे भए पनि गंतब्यमा त पुग्ने नै थियो त्यही भएर गाडीको गति बढाएर अघि बढ्ने निस्चय गरे तर जब म त्यो आकृतिको नजिक आइपुगे त्यहाँ बाट कुनै मानब आवाज आएको भान भयो, मैले गाडीको गति कम गरेर त्यो आवाज तिर ध्यान दिए कुनै महिलाको आवाज बाट मलाई माफ गर प्रकृति मलाई माफ गर प्रभात म तिमिहरुको असल आमा भन्न सकिन मैले गर्दै नगरेको गल्तिको सजाय मैल भोग्नु पर्ने भयो मलाई माफ गरि दिनु म नितान्त निर्दोष छु भनेको आवाज सुने पछि मेरो मनमा पनि कहुलुता जागेर गाडी रोके र त्यही आकृतिलाई ध्यान दि रहे त्यो बेला मलाई एकप्रकारको जान्ने इच्छाले होला साएद मेरो सबै डर भागी सकेको थियो भने त्यो आकृति एकनासले आँखा बन्द गरेर उसैको सबै क्रियाकलाप नियाली रहेको म प्रति बिल्कुलै बेखबर एक नाशले प्राथाना जसरि नि कसै संग माफी मागी रहेको, आत्मा ग्ल्यनी गरि रहेको आवज आइरहेको थियो भने म ति सबै दृश्य हरुलाई अबोलोकन गरि रहेको थिए/ यति बेला सम्ममा मैले निश्चित गरि सक्या थिए कि त्यो कुनै अलौकि सक्ति नभएर मानब हो अनि म मा अरु कौताहुलता जागेर आयो आखिर सांझको समय त्यो मानिस के गर्न खोज्दै छ ? यहि कौताहलुता मेट्ने हेतु म त्यहा उभिएर चुरोट पिउने बहानाले उसको क्रियाकलाप हेरी रहे उता बाटको आवाज घरि घरि सुन्न सकिने गरि आउथ्यो भने घरि सुनिदैनाथ्यो/ एक छिन् पछीको त्यो क्रियाकलाप पछि त्यो आकृति पुलको रेलिंग माथि उभियो अनि मलाई आत्महत्याको संका लगेर आवाज दिए अघि देखि मलाई नदेखेको त्यो आकृति मेरो आवाज सुने पछी एक पटक झस्कियो अनि म तिर हेर्दै भन्यो "को हो?" मैले भने "बटुवा" तपाई को हो ? त्यो आकृतिबाट रिसाएको भाबमा उतर आयो "तपाइलाई के मतलब जो भए पनि?" "ठीककै छ मलाई मतलब छैन तपाई जो भए पनि तर तपाई के गर्न खोज्दै हुनु हुनुहुन्छ एती राति?" फेरी पनि मैले प्रश्न नै तेर्स्श्याए
उता बाट ठाडो उतर आयो "मर्न " मैले फेरी प्रस्न नै गरे "तर किन?" "तपाई लाई किन चाहियो खोजि निन्दा खुरुखुर आफ्नो बाटो लिएर हिड्नु नि" उता बाट फेरी पनि तिरस्कृत नै उतर आयो मैले भने "तर मा प्रकृति र प्रभात लाई के जवाफ देउ?" यति भनि सके पछी उहाको रिस अलिक शान्त भयो र अनि प्रस्न गर्नु भयो "तपाई चिन्नु हुन्छ प्रकृति र प्रभात लाई?" "किन नचिन्नु मेरा साथी हरु त हुन नि" मैले चिन्छु भन्ने प्रमाण पेश गरे? उहाले मलाई एकटक ले हेरी रहनु भयो र भन्नु भयो "म आत्मा हत्या गर्न लागेकी " "त्यो त मैले तपाई को हाउ भाउ हेर्दै थाहा पाई सके" मैले सटिक उतर फर्काए अनि भने "तपाईलाई लाग्छ यो खहरे खोलामा हामफालेर पनि मरिन्छ भन्ने ? मैले संका ब्यक्त गरे र भने यदि मर्नु भएन र हात खुट्टा मात्र भाचियो भने नि बिचार ति बाच्चाहरुको भबिस्य के होला ? तपाइलाई उपचार कसले गर्ला, फेरी उहाले भन्नु भयो मलाई बाच्न मन नै छैन म खालि मर्न अनि मर्न मात्र चाहन्छु दिनै मर्नु भन्दा एकदिन मरेर मुक्ति पाउन चाहन्छु/ ठिकै छ तपाई को यस्तै इच्छा छ भने मेरो भन्नु केहि छैन तर आफै ले आफैलाई मार्नु भन्दा अगाडी मर्नु को कारण त बताउनु साएद तपाईको मन बोझ पनि हल्का हुन्छा कि ? मैले रमाइलो भाषामा जिज्ञासा राखे सुरु मा त अंनकन गर्दै हुनु हुन्थ्यो तर मेरो केहि अनुरोध पछी उहा मर्नु को कारण बताउन राजि हुनु भयो/
जसलाई मा उहा भनेर सम्बोंधन गर्दै थिए उहाको नाम रहेछ पार्वती गुरुङ/ उहाको श्रीमान भास्कर गुरुङ / सानो परिवार सुखी परिवार एउटा छोरो ११ वर्ष को छोरी ७ वर्ष कि/ छोराको नाम बुढाबुढीको नाम मिलाएर प्रभात राख्नु भएको रहेछ भने छोरीको नाम छोराको संग मिलाउन प्रकृति/ परिवार राम्रो गरि नै चल्दै रहेछ उहा घरमा नै बसेर घर बव्यवहार चलाउने गर्नु हुदो रहेछ त भास्कर भारत गइ काम गर्नु हुदो रहेछ र हरेक साल दशैँमा ३महिनाको लागि घर आउनु हुदो रहेछ/ इन्टरनेटले दुनिया पिटिरहेको बेलामा उहाले पनि फेसबुक चलाउनु हुदो रहेछ र परदेशमा बसेका आफ्ना श्रीमान संग फेसबुकको माध्यमबाट नै माया साटा साट गर्नु हुदो रहेछ/ फेसबुक अहिले राम्रो समाचरको स्रोत पनि भनेको छ धेरै स्थापित पत्रपत्रिकाहरु पनि आफ्नै छुट्टै पेज बनाइ आफ्नो समचारको प्रचार प्रसार गरि रहेका हुन्छन तर एउटा एस्तो समाचार जसले पार्वती जी को पुरै सानो संसार लाई नै भताभुङ्ग भनाइ दिए छ भने पार्वतीजीको बाच्ने इच्छा नै समाप्त पारि दिए छ/ त्यो समाचार रहेछ "लोग्नेहरु विदेशबाट श्रीमतीको लागि रोग उपहार ल्याउदै "/ उहाले पनि यो समाचार पढ्नु भएछ, समाचार विदेशमा बस्ने अनि आफ्नो घर परिवार बाट टाढा रहेका पुरुषहरु जो आफ्नो यौन चाहना पुरा गर्न यौन कर्मीको मा जाने र, अज्ञानता वा लापरबाहीको कारण यौन कर्मीमा भएको एड्स आफुमा सार्ने वा पैसा तिरेर रोग खरीद गर्ने बारेमा लेखिएको रहेछ/ यो त निश्चय नै छ श्रीमान संक्रमित भए पछी त्यही रोग प्राय श्रीमतीलाई सर्ने अधिकतम शम्भाबना हुन्छा नि यहि समाचारले पार्वतीजीको मनमा पनि एउटा संकाको सानो बिज छर्ने काम गरे छ फलस्वरुप गोप्यताका साथ उहाले आफ्नो रगत चेक गराउनु भएछ जस्मा एड्सका भाइरस देखिएको रिपोर्ट आएछ र एकपटकको चेकमा रिपोर्ट गलत पनि आएको हुन सक्छ भनेर दोस्रो पटक पनि बिराटनगर गएर रगत जाच गरुदा पनि उही रिपोर्ट आए पछी उहाले आत्महत्याको बाटो रोज्न खोज्नु भएको रहेछ/ उहा ले यी सबै कुरा हरु एकै स्वासमा भनि सक्नु भयो अनि मलाई सोध्नु भयो "तपाइ को हो? अनि कसरि चिन्नु हुन्छ प्रकृति र प्रभातलाई?" म बास्तवमा उहाका छोराछोरिलाइ चिन्दिन थिए र मैले यो नाम त्यही बेला उहाको मुख बाट सुनेर साएद छोराछोरी हुनु पर्छा भनेर अनुमान मात्र लगाएको मात्र थिए मेरो अनुमान ले बस्ताबमा काम गरेको थियो/ एकछिन पछिको कुरा कानी पछी र साएद म उहाको देहात्याग गर्ने योजनाको सबै भन्दा नजिकको दर्शक भएर होला एती बेला सम्ममा हामी घनिष्ठ मित्र बनि सकेका थिउ/ मसंग को एकछिन कुरा पछी उहा पनि जीवनलाई नया तरिका बाट बाच्ने र जीवन उपयौगी कुरामा खर्चिने प्रण का साथ् अगी बढ्नु भयो भने म पनि आफ्नो गन्तव्य तिर लागे/
हरेक समस्याको समाधान मृत्यु होइन किनकि हरेक समस्या यदि मान्छेले मृत्यु रोज्ने हो भने साएद अहिले सम्ममा मानबको अस्तित्व नै बिलिन भै सक्थ्यो होला/ यहाँ पार्वती जी को कुनै गल्ति छैन उहा त सति सावित्री बनेर नै आफ्नो कर्त्यब्य पुरा गर्दै हुनु हुन्थ्यो गल्ति उहाको श्रीमान बाट भयो अनि सजाय उहा आफुलाई दिन खोज्दै हुनु हुन्थ्यो/ अब हरेक बिबाहित महिलाले यदि उनको श्रीमान विदेशमा छन् भने श्रीमान छुटीमा आएको बेला होस या विदेश बाट सधैकोलागि आएको बेलामा होस् रगत जाच गर्नको लागि भन्ने हीम्मत गर्नु पर्यो आफ्नो श्रीमान माथि जति नै विश्वास भए पनि एकपटक संकाको नजर उसमा लगाउने बानिको बिकाश गर्नु पर्यो, आफुलाई सम्पुर्ण रुपमा सुम्पिनु अघि निरोगिता ग्यारेन्टी श्रीमानले पनि आफ्नो अर्धागिनीलाई दिन सक्नु पर्यो, महिला पनि अब जागुरुक हुनु पर्यो मैले येसो भनि रहदा सबै लोग्ने मान्छे एस्त हुदैनन् भने सवाल पनि उठ्ला तर जब हामी बालुवा बाट ढुँगा अलग गर्छौं हामीले सबै नै बालुवा छान्नु पर्ने हुन्छ/ अनि नेपाली समाजले पनि एड्सलाई एउटा रोगको रुपमा स्वीकार्न सिक्नु पर्यो ताकि मानिसले हिनताको कारण गलत बाटो रोज्न नपरोस/ सबै भन्दा पहिले त एड्स रोगिले नै एस रोगलाई आत्मा सात गर्नु पर्यो, स्वीकार गर्नु पर्यो जब सम्म रोगिले स्वीकार गर्न सक्दैन तब सम्म उ समाजलाई बुजाउना.आफुलाई समाजमा स्थापित गर्न सक्दैन/ अरु रोगहरु जस्तै चिनी रोग, हाइ ब्लडप्रेसर, क्यान्सर जस्तै एड्स पनि एउटा रोग बल्कि यो त क्यान्सर भन्दा कम खतरनाक रोग हो जब क्यान्सर लाग्छ मान्छे धेरै दिन बाच्न सक्दैन यदि क्यान्सरको प्राम्भिक अवस्थामा थाहा पाइएन भने, तर एड्स लागेको मानिस १५/२० साल आराम ले बच्न सक्छ यदि उसको आत्मा बल उच्च छ र परिवारको समर्थन छ भने/ त्यसैले चेतना को बिकाश गरौ आफु पनि सुर्क्षित् हौ र अरुलाई पनि सुरक्षा प्रदान गरौ/
WHO को मुताभिक अहिले संसारमा ३५ मिलियन मान्छे एड्सबाट संक्रमित छन् त्यसमा पनि ३.२ मिलियन त केटा केटि मात्र छन् अनि संसारका जम्मा एड्स रोगिको ७०% त खाली अफ्रिका मात्र छन् / त्यसैले तपाई मात्र पहिले र संसारको एउटा मान्छे होइन पार्वती जी जसलाई एड्स लागेको छ/ एस्लाई कमजोरीको रुपमा होइन सक्ति रुपमा प्रयोग गर्नु होस् अरु आमा दिदि बहिनिमा चेतना बाड्ने काम गर्नु होस् अरु आमा दिदि बहिनि लाई यो रोग लाग्न बाट बचाउनु होस् जिबनले मर्ने एउटा बहाना दियो भने बाच्ने हजार बहाना पनि दिएको छ/ आफ्नो नाबालक छोराछोरिको भबिस्य बनाउन सहयोग गर्नु होस्/ मलाई विश्वास छ एक दिन तपाई को निर्दोषता र स्वछातालाई समाज र तपाईको परिवारले पनि अबस्य बुज्ने छ/

No comments:
Post a Comment